मटिहानी–८ बजारमा ‘आम छाप’ कार्यालय उद्घाटन, महोत्तरी–३ मा राम आधार कापरको अभियानले लियो तीव्रता
Mithilanchal Media Pvt. LtdFebruary 17, 2026
0
मटिहानी नगरपालिका वडा नं. ८, बजार क्षेत्रमा आज महोत्तरी क्षेत्र नं. ३ का स्वतन्त्र उम्मेदवार राम आधार कापर द्वारा आफ्नो चुनाव चिन्ह ‘आम छाप’ कार्यालयको भव्य उद्घाटन गरिएको छ।
उद्घाटन कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो। कार्यक्रममा स्थानीय बासिन्दा, समाजसेवी, बुद्धिजीवी, युवा प्रतिनिधि, व्यवसायी तथा विभिन्न पेशा र वर्गका प्रतिनिधिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। उपस्थित सहभागीहरूले राम आधार कापरप्रति विश्वास व्यक्त गर्दै आगामी निर्वाचनमा सशक्त समर्थन जनाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
कार्यक्रममा बोल्दै राम आधार कापरले म
होत्तरी क्षेत्र नं. ३ लाई विकास, पारदर्शिता र जनमुखी सेवाको नयाँ दिशातर्फ अघि बढाउने संकल्प दोहोर्याए। उनले भने, “यो कार्यालय केवल चुनावी गतिविधिको केन्द्र मात्र होइन, जनताको समस्या सुन्ने र समाधान खोज्ने साझा चौतारी हो।”
स्थानीयवासीहरूले स्वतन्त्र उम्मेदवारको रूपमा कापरले इमानदार र जवाफदेही नेतृत्व प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्। बजार क्षेत्रमा खुलेको ‘आम छाप’ कार्यालयले चुनावी माहोल थप सक्रिय र सकारात्मक बनेको देखिएको छ।
महोत्तरी क्षेत्र नं. ३ मा स्वतन्त्र उम्मेदवार राम आधार कापरको सक्रियता र जनसम्पर्क अभियानले दिनप्रतिदिन जनसमर्थन बढ्दै गएको संकेत मिलेको छ।