जनकपुरधाम, जेठ २२ — विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान, सीप विकास तथा उद्योगसँग प्रत्यक्ष अनुभव प्रदान गर्ने उद्देश्यले मिथिलाञ्चल मिडिया प्रा. लि. ले आज Model College, जनकपुर तथा Gyandev Academy Pvt. Ltd. सँग इन्टर्नशिप सम्बन्धी समझदारी पत्र (MOU) मा हस्ताक्षर गरेको छ।
सम्झौतापत्रमा मिथिलाञ्चल मिडियाको तर्फबाट सुनाम मिश्रले हस्ताक्षर गर्नुभएको थियो। त्यस्तै Gyandev Academy Pvt. Ltd. को तर्फबाट सुनिल झाले तथा Model College, जनकपुरको तर्फबाट धरेन्द्र ठाकुरले हस्ताक्षर गर्नुभएको थियो।
यस सहकार्यअन्तर्गत विद्यार्थीहरूले वास्तविक कार्य अनुभव, व्यावहारिक सिकाइ तथा करियर विकासका अवसर प्राप्त गर्नेछन्। कार्यक्रमका क्रममा सहभागी पक्षहरूले शिक्षा र व्यावसायिक क्षेत्रबीचको दूरी घटाउँदै युवाहरूलाई उद्योगमुखी बनाउने विश्वास व्यक्त गरेका छन्।
मिथिलाञ्चल मिडियाले यस्ता सहकार्यहरूबाट युवाहरूलाई व्यावहारिक अनुभवसहित सक्षम जनशक्ति निर्माण गर्ने उद्देश्य लिएको जनाएको छ।



