महोत्तरी । राष्ट्रिय युवा संघ (नेकपा एमाले) का पूर्व केन्द्रीय सदस्य तथा महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर–२ निवासी अजयकुमार चौधरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी क्षेत्र नम्बर–३ द्वारा आयोजित जलेश्वर नगर भेला तथा कमिटी गठन कार्यक्रम बाट चौधरीलाई जलेश्वर नगर कमिटीको नगरसभापति पदमा सर्वसम्मत रूपमा चयन गरिएको हो।
कार्यक्रमबाट गठित नगर कमिटी अनुसार
नगरसभापति: अजयकुमार चौधरी
नगर उपसभापति: सुरेशकुमार ठाकुर
नगर सचिव: पंकजकुमार पासवान
नगर सह–सचिव: राजेशकुमार यादव
सहित ९ सदस्यीय जलेश्वर नगर कमिटी गठन गरिएको छ।
कार्यक्रममा बोल्दै नवनिर्वाचित नगरसभापति चौधरीले राष्ट्रिय स्वतन्त्र पार्टीले अघि सारेको सुशासन, पारदर्शिता र जनमुखी राजनीतिको एजेन्डाबाट प्रभावित भई पार्टी प्रवेश गरेको बताए। उनले जलेश्वर नगरमा संगठन सुदृढ गर्दै जनताको विश्वास जित्ने प्रतिबद्धता व्यक्त गरे।
स्थानीय तहमा रास्वपाको संगठन विस्तार हुँदै गएको सन्दर्भमा चौधरीको प्रवेशलाई राजनीतिक रूपमा महत्वपूर्ण रूपमा हेरिएको छ।




