नेपालको अग्रणी डिजिटल वालेट eSewa द्वारा आज जनकपुरमा आयोजित “डिजिटल वित्तीय साक्षरता तथा उद्यमशील निर्णय र आयआर्जन” विषयक अन्तरक्रिया कार्यक्रम स्थानीय व्यवसायी, समाजसेवी तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थितिमा सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रमको उद्घाटन तथा प्रमुख अतिथिको रूपमा धनुषा उद्योग वाणिज्य संघका अध्यक्ष श्री शिव चन्द्र चौधरी तथा eSewa केन्द्रिय कार्यालयबाट श्री निर्विक श्रेष्ठले सहभागिता जनाउनुभएको थियो।
कार्यक्रममा सहभागीहरूलाई निम्न महत्वपूर्ण विषयहरूमा विस्तृत जानकारी तथा सचेतना प्रदान गरियोः
डिजिटल वित्तीय सेवाहरूको सुरक्षित एवं प्रभावकारी प्रयोग
सामाजिक सुरक्षा कोषमा आबद्धता तथा यसका फाइदाहरू
अनलाइन ठगी (डिजिटल फ्रड) बाट बच्ने उपायहरू
बिमा सम्बन्धी आधारभूत ज्ञान र आवश्यकता
साना तथा मझौला व्यवसायका लागि डिजिटल ऋण (loan) प्रक्रिया तथा पहुँच
सुरक्षित डिजिटल व्यवहार र पासवर्ड सुरक्षा
कार्यक्रमको अन्त्यमा सहभागीहरूले आफ्ना जिज्ञासा तथा समस्या राखी प्रत्यक्ष परामर्श र प्रश्नोत्तर सत्रमा भाग लिएका थिए। धेरै व्यवसायीले यो कार्यक्रमले डिजिटल कारोबारमा विश्वास बढाएको र नयाँ अवसरहरू पहिचान गर्न सहयोग पुगेको बताए।
eSewa मधेश प्रदेशका कार्यक्रम संयोजक श्री आदित्य मिश्र तथा जनकपुर शाखाका बजार प्रतिनिधि श्री संजीत महरा र श्री तिर्थ कुमार चौधरीको संयोजन तथा व्यवस्थापनमा सम्पन्न उक्त कार्यक्रमलाई सहभागीहरूले अत्यन्त उपयोगी र समयसापेक्ष भएको प्रतिक्रिया दिएका छन्।
eSewa ले यस्ता डिजिटल साक्षरता कार्यक्रम देशका विभिन्न भागमा निरन्तर गर्दै आएको र आगामी दिनमा पनि स्थानीय व्यवसायी तथा सर्वसाधारणको वित्तीय सशक्तीकरणका लागि यस्ता अभियानलाई तीव्रता दिने जनाएको छ।

