Type Here to Get Search Results !

न्यायलाई लक्ष्य बनाएर, युवाको बलिदानलाई प्रेरणा बनाएर—अब खरानीबाटै नयाँ नेपालको निर्माण गरिन्छ - डा. अमरेश कुमार सिंह

 देश आज अभूतपूर्व संकटको घेरामा छ। परिवर्तनका लागि सडकमा उत्रिएका जेन–जि पुस्ताका सयौं सपनाहरू रगतमा रन्थाम भए। धेरै युवाले जीवन आहुति दिए, हजारौं अस्पतालमा छटपटाइरहेका छन्। न्याय, समानता र भविष्यको खोजीमा निस्किएका उनीहरूको आवाजले मुलुकलाई नयाँ दिशातर्फ धकेल्दैछ।



यसबीच देशका संरचना भत्किए, सयौं कार्यालय र गाडी खरानी बने। खर्बौं मूल्य बराबरको सम्पत्ति नष्ट भयो, प्रहरी चौकी जले, जेलका ढोका भत्किएर अपराधी भागे। देश को अदालत जलाइयो , अपराधीहरु को प्रमाण जले , प्रधानमन्त्रीले राजीनामा दिए तर देश अझै अन्यौलतामा छ। तीन दिन भयो, निद्रा हराएको छ। आँखा बन्द गर्न खोज्दा पनि आगोले ढाकिएका सडक, धुवाँको मुस्लो, चिच्याइरहेका आवाज र बलिदान गर्ने युवाहरूको अनुहार मनभरि घुम्छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today