महोत्तरी – स्वतन्त्र सांसद माननीय डा. अमरेश कुमार सिंह आज महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकामा जनसंवाद यात्रामा सहभागी भए। यात्राका क्रममा उहाँले स्थानीय विद्यालय तथा प्रशासनिक कार्यालयहरूको अनुगमन र अवलोकन गर्नुका साथै त्यहाँका आदरणीय जनता, शिक्षक तथा स्वास्थ्यकर्मीहरूसँग विशेष छलफल गर्नुभयो।
छलफलका क्रममा स्थानीय जनताको समस्या, शैक्षिक तथा स्वास्थ्य सेवासम्बन्धी चुनौतीहरूबारे विस्तृत संवाद भएको बताइएको छ। सांसद सिंहले जनतासँग प्रत्यक्ष भेटघाट गरी उनीहरूको आवाज संसदसम्म पुर्याउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।


