Type Here to Get Search Results !

मटिहानी नगरपालिकामा आज देखि एकीकृत घुम्ती सेवा शिविर संचालन

 

महोत्तरी- मटिहानी नगरपालिकाले जनताको घरदैलोमै सेवा पुर्याउने उदेश्यका साथ मटिहानीमा एकीकृत घुम्ती सेवा शिविर संचालन गरेको छ । मटिहानीको सवै ९ वडाका जनतामा सेवा पुग्ने गरि शिविर संचालन गरिएको हो । बुधवार वडा नं. १ मा मटिहानी नगरपालिकाका नगरप्रमुख हरि प्रसाद मण्डल र महोत्तरीका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले संयुक्त रुपमा उदघाटन गरेका हुन ।

मटिहानी नगरपालिका प्रमुख हरिप्रसाद मण्डलले पालिका र वडाबाट प्रवाह हुने सेवा एकीकृत रूपमा जनतासामु पुर्‍याउने उद्देश्यले विगत केहि वर्ष देखि शिविर संचालन हुदै आएको बताए । उनले पालिका र वडामै पुगेर सेवा लिन छुटेका सेवाग्राही शिविरबाट लाभान्वित हुने वताए ।

उक्त शिविरमा योजना सम्बन्धि अभिमुखीकरण, योजना समझौता, व्यवसाय दर्ता तथा नविकरण, जेष्ठ नागरिक परिचयपत्र वितरण, अपाङता परिचयपत्रको लागि दरखास्त संकलन, निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधी वितरण, माटो परीक्षण (कृषि कार्यका लागि) कृषि मीटर सिफारिस तथा तरकारीको मिनी किट वितरण, गोबर र गर्भ परीक्षण, पशुपंक्षी सम्बन्धी परामर्श तथा औषधी वितरण, राजस्व असुली, वडाबाट प्रवाह हुने व्यक्तिगत घटना दर्ता लगायतका सम्पूर्ण सेवाहरु, स्वास्थ्य बिमा प्रदान गरिने छ ।

शिविरको उदघाटन कार्यक्रममा ससस्त्र प्रहरीका एसपी  विनोद केसी, राष्ट्रिय अनुसन्धान कार्यालय महोत्तरीका प्रमुख  सुदीप अधिकारी, उप–प्रमुख मंजू देवी साह, वडा नं. १,२,३ र ९ का वड़ा अध्यक्षहरु, स्वास्थ्य शाखा प्रमुख पवन मण्डल, शिक्षा संयोजक चन्देश्वर साह,सम्पूर्ण शाखाका शाखा प्रमुखहरु, कार्यपालिका सदस्यहरु,वड़ा सदस्यहरु, वड़ा सचिवहरु लगायत स्थानीयहरुको उपस्थित थिए ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today