Type Here to Get Search Results !

लेखापालको भरमा जनकपुरधाम उप–महानगरपालिका, मेयरको दवावले टिक्दैनन् कर्मचारी


जनकपुरधाम, माघ २८ । मधेश प्रदेशको राजधानी समेत रहेको जनकपुरधाम उप–महानगरपालिका लेखापालको भरमा सञ्चालन हुँदै आएको छ । लेखा अधिकृत सरुवा भएर गएको तीन महिना वितिसक्दा समेत नयाँ लेखा अधिकृत आउन नमान्दा जनकपुरधाम उप–महानगरपालिका लेखापालको भरमा सञ्चालन हुँदै आएको छ ।

जनकपुरधाम उप–महानगरपालिकाका मेयर मनोजकुमार साहले मनोमानी ढंगले रकम भुक्तानी गर्न दवाव दिने गरेको भन्दै यहाँ लेखा प्रमुखहरु आउँन मान्दैन् । जनकपुरधाम उप–महानगरपालिकामा मन्त्रालयले पटक पटक लेखा प्रमुख पठाउँदा समेत कर्मचारी आउन नमान्ने गरेको स्रोतको दावी छ । लेखा प्रमुख नहुँदा कार्यालयबाट भुक्तानी गर्नुपर्ने रकमहरु समेत भुक्तानी हुन नसक्दा सम्वन्धित निकायहरु समस्यामा परेका छन् ।

मेयर साहले अनावश्यक भुक्तानी, नियम विपरीत सामग्री खरिद लगायतका दवाव दिने गरेका कारण यस भन्दा पहिलाका लेखा प्रमुख सरुवा गराएका थिए ।
जनकपुरधाम उप–महानगरपालिकामा संघीय मामिलाबाट आउने कर्मचारीहरु समेत टिक्न सकेको छेन् । मेयर, उप–मेयर लगायत मेयर र उप–मेयरका सचिवालयका व्यक्तिहरुले समेत कर्मचारीहरुलाई नियम विपरित भुक्तानी गर्न दवाव दिने गरेका कारण प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृतहरु यहाँ बस्न चाहेका छैनन् ।

 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today