Type Here to Get Search Results !

मटिहानी : एकीकृत घुम्ती सेवा शिविर संचालन हुने

 

महोत्तरी-पालिका र वडाहरूबाट प्रदान गर्ने सम्पूर्ण सेवाहरू जनताको घरदैलोमै पुर्‍याउने  उद्देश्यले मटिहानी नगरपालिकाले एकीकृत घुम्ती सेवा प्रारम्भ गर्नु भएको छ ।

मटिहानी नगरपालिका प्रमुख हरिप्रसाद मण्डलले पालिका र वडाबाट प्रवाह हुने सेवा एकीकृत रूपमा जनतासामु  पुर्‍याउने उद्देश्यले सो कार्यक्रम आयोजना गर्न लागिएको बताएका छन् ।

एकीकृत घुम्ती शिविरको उद्घाटन माघ २३ गते बुधवार मटिहानी नगरपालिका–१, सानो धिरापुरबाट हुने र सोही स्थानबाट सेवा प्रवाह हुने नगर प्रमुख हरिप्रसाद मण्डलले बताए ।

त्यस्तै, शिविर माघ २४ गते बिहीवार नेपाल रा.स.प्रा.वि.धिरापुर आवर, माघ २५ गते शुक्रवार मटिहानी नगरपालिका वडा नं. ३ को वडा कार्यालय, माघ २६ गते शनिवार वडा नं. ४ को कार्यालय मझौरा विसनपुर, माघ २७ गते आईतवार वडा नं. ५ को कार्यालय गोवरौरा, माघ २८ गते सोमवार जनता प्रा.वि., मटिहानी, माघ २९ गते मंगलवार पशु सेवा केन्द्र, मटिहानी, माघ ३० गते बुधवार श्री राम मा.वि. मटिहानी र फागुन १ गते बिहीवार स्वास्थ्य चौकी सिमरदहीमा आयोजना हुने तालिका रहेको छ ।

शिविरमा योजना सम्बन्धि अभिमुखीकरण, योजना समझौता, व्यवसाय दर्ता तथा नविकरण, जेष्ठ नागरिक परिचयपत्र वितरण, अपाङता परिचयपत्रको लागि दरखास्त संकलन, निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधी वितरण, माटो परीक्षण (कृषि कार्यका लागि) कृषि मीटर सिफारिस तथा तरकारीको मिनी किट वितरण, गोबर र गर्भ परीक्षण, पशुपंक्षी सम्बन्धी परामर्श तथा औषधी वितरण, राजस्व असुली, वडाबाट प्रवाह हुने व्यक्तिगत घटना दर्ता लगायतका सम्पूर्ण सेवाहरु, स्वास्थ्य बिमा प्रदान गरिने नगर प्रमुख हरिप्रसाद मण्डलले बताए ।

एकीकृत घुम्ती सेवा शिविर पालिकाका ९ वटै वडाहरुमा संचालन हुने र सेवा लिनका लागि चाहिने आवश्यक कागजात समेत लिएर आउन आग्रह गरिएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today