Type Here to Get Search Results !

मटिहानीमा आज धानुक (मण्डल) जातिको कुल देवता राघो बाबाको बिधिवत रुपले पुजा गरिदै।



महोत्तरी, माघ २८ गते ।

महोत्तरी जिल्लाको मटिहानीमा आज हरसोउल्लासका साथ धानुक (मण्डल) जातिको कुल देवइता श्री राघो बाबाको बिधिवत पूजा गरिएको छ ।


प्रत्येक वर्ष माघ महिनामा गरिने उक्त पूजामा चामल,गुड़(मीठा) र दुधबाट बनाइएको खीर राघो बाबालाई चढ़ाउने परम्परा रहेको छ यसमा धानुक (मण्डल) जातिको प्रत्येक परिवारबाट उक्त खीर मन्दिर परिसरमै माटोको चूल्होंमा बनाई चढ़ाउने गर्दछन ।


उक्त पूजामा सबै इच्छा  र मनोकामना पूरा हुने जनविश्वास रहेको छ ।

मधेश प्रदेशकै सब भन्दा सुन्दर र प्रसिद्ध धानुक जातिको मंदिर रहेको मटिहानीमा आज राघोबाबाको दर्शन गर्न हजारौ श्रद्धालुहरुको भिड़ लागेको थियो ।





Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today