Type Here to Get Search Results !

"उहिलेको गुलजार सहर अहिले परिवर्तन को पर्खाइमा "

 


कुनै समय मधेशकै गुलजार सहर राजविराज आजकल वीणा हराएको कस्तुरी जस्तो भएको छ । १९९७ सालमा व्यवस्थित रुपमा बसाइएको सहर हो यो । काठमाण्डौ पछि दोस्रो लटको यो नगरपालिका २०१६ सालमा स्थापना भएको हो ।
तराई–मधेशको मेरुदण्डको रुपमा रहेको हुलाकी सडकबाट घुँघरु बाँधिएको लट्ठीमा हुलाकीहरु डाक बोकेर हिड्ने गर्दथे । २०१९ देखि ०२८ सालसम्म नेपालमा ग्रेजुएटहरुले राष्ट्रिय पञ्चायतमा मात्र भोट हाल्ने प्रावधान थियो । काठमाण्डौ पछि सबभन्दा बढी ग्रेजुएट सप्तरीमै थियो । कस्तुरी रुपी राजविराजको वीणा हराएको हो कि खोसिएको हो ? वा हामीले कस्तुरीहरुलाई चिन्न नसकेको ?


पुरानो हुलाकी सडक बनाइएन तर जङ्गल फडानी गरेर महेन्द्र राजमार्ग बनाइयो । हुलाकी सडक सधैं उपेक्षाको सिकार भइरह्यो । हुलाकी सडक बन्न सङ्घीयता नै आउनुपर्यो । अझैं पनि ठाउँठाउँमा पुल निर्माण हुन नसक्नु तथा सडक निर्माण काम पनि सुस्त हुनु अत्यन्तै दुःखद् हो ।
कुनै बेला सुगम मानिएको मधेश अहिले दुर्गम झैं छन् । बरु पहाडका जिल्लाहरु बाटोघाटोको पहुँचले गर्दा सुगम भएको छ । देशका कुनाकाप्चामा शिक्षाको दियो बाल्ने मधेशमा शिक्षाको दियो छ तर बत्ती हराएको छ ।
सरकारहरुका बजेटले गाउँगाउँमा मठ, मन्दिर, थान, गहबर, मस्जिद, चर्च, स्वागतद्वारका साथै कतिपय कामै नलाग्ने संरचनाहरु ठडिएका छन् । रङ्गरोगनले ती संरचनाहरु चकाचक देखिन्छन् तर छेउकै विद्यालयको अवस्था बेहाल छ । कतिपय विद्यालय त खण्डहर जस्तै देखिन्छ । आश्वासनका पोकाहरू बाँडिदै छ्न् । हामी सोझाहरू आफ्ना तथा भावी सन्ततिका भविष्य बन्धकी राख्दैछौं ।


गाउँहरुमा विहान तथा रात्रीकालीन ट्युसन कक्षाहरु हराएको छ । भट्टीहरु खुल्ने क्रम बढ्दो छ । भावी सन्ततीहरु पनि त्यसमै लट्ठिन थालेका छन् ।
सुन फल्ने खेतका फाँटहरु छन् तर सिंचाइँ र मलखाद छैन । गाउँहरुमा खरले छाएका फुसका घरहरु फेरिएका छन् । विदेशिएका युवाहरुको पसिनाको कमाइले पक्की घरहरु ठडिएका छन् । तर गाउँहरुबाट खुशी हराएको जस्तो छ । युवाहरुको अभावले चाडपर्वहरुमा पनि रौनकता खोसिएको भान हुन्छ ।
मधेशका दुःख–दर्द, सञ्चो–विसञ्चो तथा सङ्घर्ष र सफलताका कथाहरु हेर्ने कथामा समेटिदै आएको छ ।


हो, मधेशमा पनि दुःख छ, विभेद छ, समस्या छ, बेथिति छ तर सम्भावना पनि उत्तिक्कै छ । तर कहिलेसम्म मौनता साँधिरहने रु के हाम्रा भावी सन्ततिले पनि यस्ता अभाव र पीडाहरू झेलिरहने हो त ?

-श्यामसुन्दर यादव

Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today