महोत्तरी,
एकडारा – महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा हुलाक कार्यालय स्थापना भएको छ। जिल्ला हुलाक कार्यालय महोत्तरीको आयोजनामा एकडारामा आयोजित कार्यक्रममा पालिका हुलाक कार्यालयको स्थापना गरिएको हो।
कार्यक्रममा महोत्तरी जिल्ला हुलाक कार्यालयका प्रमुख रामचन्द्र साहको अध्यक्षता रहेको थियो। साथै, कार्यक्रममा गाउँपालिका अध्यक्ष दीपनारायण मण्डल, उपाध्यक्ष महजबी खातुन, वडा अध्यक्ष राम बिलास राय, कार्यालय प्रशासकीय अधिकृत, पत्रकार, तथा कार्यालयका कर्मचारीहरूको उपस्थिति रहेको थियो।
हुलाक कार्यालयको स्थापना भएसँगै एकडारा गाउँपालिकामा पत्राचार, दस्तावेज आदान-प्रदानलगायतका सेवा सहज र प्रभावकारी हुने अपेक्षा गरिएको छ।