Type Here to Get Search Results !

महोत्तरी जिल्लाको एकडारा गाउँपालिका वडा नं. १ मा शीतलहरका कारण प्रभावित ६५ परिवारलाई कम्बल वितरण

 

गणेश कुमार सिंह, महोत्तरी, पुस २८ गते ।  महोत्तरी जिल्लाको एकडारा गाउँपालिका वडा नं. १ स्थित एकडारा टोलमा शीतलहरका कारण प्रभावित ६५ परिवारलाई कम्बल वितरण गरिएको छ।

मां महारानी युवा क्लबले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीय समुदायका विपन्न र शीतलहरबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले वैदेशिक रोजगार गएका साथीहरु सहयोग बाट कम्बल वितरण कार्यक्रम आयोजना गरेको हो।

क्लबका अध्यक्ष रोहित मण्डलको नेतृत्वमा भएको कार्यक्रममा स्थानीयवासीले राहत सामग्री पाउँदा खुसी व्यक्त गरेका छन् । “शीतलहरका कारण कठ्याङ्ग्रिने जाडोले अत्यन्त कठिनाई भइरहेको थियो। यस किसिमको सहयोगले धेरै राहत मिलेको छ,” एक स्थानीयले बताए।

क्लबका सल्लाहकारका अनुसार, आगामी दिनमा पनि समाजसेवाका यस्ता कार्यलाई निरन्तरता दिने योजना रहेको छ। कार्यक्रम सफल बनाउन क्लबका सदस्यहरू उपाध्यक्ष सितेश कु.साह,कोषाध्यक्ष शम्भु ठाकुर ,सचिव रविन महतो ,सह-सचीव रोशन कु.मण्डल ,सदस्य  अरविन्द मण्डल ,अनारो देवी  ,सोना वति देव लगायतको सक्रिय सहभागिता रहेको थियो।

क्लबका अध्यक्ष मण्डल अनुसार आगामी दिनमा पनि शिक्षा सुधार कार्यक्रम ,युवा रोजगार कार्यक्रम  ,विमा कार्यक्रम  जस्ता कार्यक्रम ल्याई समाज दुख परेका परिवार आफु लगायत मां महारानी युवा क्लब सदस्य सधै सहयोग गर्ने समेत बताए ।

कम्बल वितरण कार्यक्रममा वैदेशिक रोजगार मा रहेका १४ जना सहयोगहरुले सहयोग गरेबापत कम्बल वितरण गरेका क्लबका कोषाध्यक्ष शम्भु ठाकुरले बताए ।

वैदेशिक रोजगार मा रहेका राजकुमार महतो साउदी ,सोनु मण्डल मलेसिया ,सुधीर साह कतार अमित मण्डल मलेसिया,दिपेश मण्डल कुवेत ,राजकुमार साह मलेसिया,अजय महतो कटार ,सुजाय महतो मलेसिया ,राजु मण्डल साउदी ,नरेन्द्र मण्डल कतार,विपिन मण्डल कतार ,अजय मण्डल कतार,सनुल मण्डल कतार,कृष्ण मण्डल साउदी लगायत वैदेशिक रोजगार मा काम गर्दै गरेका नेपालीहरुले गरिव   असाहय,एक्कल महिला लाई राहत वितरण गर्नकोलागि सहयोग गरेका छन् ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today