महोत्तरी पौष २८ गते ।
शुशिला ठाकुर मेमोरियल हेल्थ फाउण्डेसन द्वारा मटिहानी नगरपालिका भित्रका शीतबाट प्रभावित अति विपन्न, जेष्ठ नागरिक, बिधवाहरुलाई कम्बल बितरण गरिएको छ ।
उक्त कम्बल बितरण कार्यक्रमको शुभारम्भ महोत्तरी क्षेत्र नं.३ का माननीय सांसद एवं लोसपा नेपालका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरले गर्नुभयो ।
मटिहानी नगरपालिका भित्रका शीतबाट प्रभावित करीब २०० अति विपन्न, जेष्ठ नागरिक,र बिधवाहरुलाई कम्बल बितरण गरिएको कुरा शुशिला ठाकुर मेमोरियल हेल्थ फाउण्डेसनका अध्यक्ष मिनाक्षी ठाकुरले बताउनुभयो ।
उक्त कम्बल बितरण कार्यक्रममा मधेश प्रदेशका माननीय शिक्षा तथा संस्कृति मंत्री रानी शर्मा, सांसद रूपा यादव, लोसपाका वरिष्ठ उपाध्यक्ष उमाकान्त झा, केन्द्रिय सदस्य राम कुमार मंडल, नगर अध्यक्ष श्याम कुमार मंडल, वड़ा नं ६ र ८ का वड़ा अध्यक्ष क्रमशः कलीम अंसारी र रितेश साह, महोत्तरी उद्योग महासंघका उपाध्यक्ष अजय साह लगायतका महानुभावहरूको उपस्थिति रहेको थियो ।








