महाेत्तरीकाे गाैशालामा वीरता स्पोर्ट्स क्लब गौशालाको आयोजनामा भईरहेको स्वर्गीय राम लखन चौधरी स्मृति कप प्रदेश स्तरीय फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।
गौशालामा आयोजित १३औं स्व. रामलखन चौधरी स्मृतिकप प्रदेश स्तरीय फुटबल प्रतियोगिता २०८१ को वीरता स्पोर्ट्स क्लब गौशालाको आयोजनामा भईरहेको प्रदेश स्तरीय फुटबल प्रतियोगिताको आज फाइनल अर्थात निर्णायक खेल टुटेश्वर युवा क्लब (टिम) तथा ढलकेवर टिम बिच भएको खेलमा टुटेश्वर युवा क्लब टिमले उपाधी हात पारेका छन !
खेल तोकिएको निर्धारित समयमा दुबै टिम गोल रहित हुदा अन्त्यमा पेनाल्टी सम्म पुगेको थियो जसमा (टि वाइ सि) को तर्फ बाट ५ गोल पोस्ट्मा गए भने ढ्लके टिम बाट ४ गोल भएको थियो कार्यक्रमको उद्घोषक मो. अफजलले गर्नु भएको थियो !
प्रतियोगितामा गौशाला नगरपालिकाका प्रमुख डा दिपेन्द्र महतो, वाडाध्यक्षहरु, विभिन्न संघ संस्थाका कर्मचारीहरु, तथा अन्य जन प्रतिनिधिहरु, सुरक्षा निकाय अन्तरगतका सशस्त्र प्रहरी बलका निरीक्षक, नेपाल प्रहरीका प्रहरी निरीक्षक विभिन्न मिडियाका पत्रकारहरु तथा हजारौको संख्यामा दर्शकहरुको उपस्थिति रहेको थियो !
प्रतियोगितामा (बिजेता)प्रथम भएको टिमलाई नगद रु ७०००० (सत्तरी हजार) र सिल्ड त्यस्तै (उप बिजेता) दोस्रो हुने टिमलाई नगद रु ३५००० (पैतिस हजार) र सिल्ड प्रदान गरिएको थियो !






