Type Here to Get Search Results !

भन्सार छलीका चिनी र टेम्पु सहित दुई जना प्रहरी नियन्त्रणमा

 





सोमबार  महोत्तरी जिल्लाको औरही नगरपालिकाको वडा नं. २ स्थित ज. १ ह. १३६८ नम्बरको टेम्पुमा भारतबाट नेपालतर्फ भन्सार छली गरी ल्याइरहेको ४०५ किलो चिनी सहित दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।


साँझ करिब २०:०० बजे जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको टोलीले सो टेम्पुलाई चेकजाँच गर्दा चालक र सहयात्री भाग्न खोजेका थिए। प्रहरीले तत्कालै नियन्त्रणमा लिएकोमा टेम्पु चालक भारत, जिल्ला सितामढी, ग्रामपंचायत कन्हमा वडा नं. ४ निवासी ३८ वर्षीय संजीव मण्डल र सोही टेम्पुमा सवार महोत्तरी, सम्सी गाउँपालिका वडा नं. ७ निवासी २८ वर्षीय ललित कुमार यादव रहेको छ।



प्रहरीले टेम्पु, चिनी र अन्य सामग्रीहरू बरामद गरी अन्दाजी मुल्य रु. २,२६,३२५/- (दुई लाख छबीस हजार तीन सय पच्चिस रुपैयाँ) बराबरका सामानहरू नियन्त्रणमा लिएको हो।



बरामद सामग्री र पक्राउ परेका व्यक्तिहरूलाई  आवश्यक कारबाहीका लागि जलेश्वर भन्सार कार्यालय, महोत्तरीमा बुझाइएको प्रहरीले जानकारी दिए। 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today