Type Here to Get Search Results !

श्री मा.वि दुधिअवा को बिज्ञान प्रदर्शनी कार्यक्रम सम्पन्न

 






रौतहटको फतुवा बिजयपुर नगरपालीका वाड नं १० स्थित श्री मा.वि दुधिअवाले बिज्ञान प्रदर्शनी कार्यक्रम सम्पन्न गरेको छ।

मंगलबार बिद्यालयमा अध्ययनरत कक्षा आठ देखि कक्षा दस सम्मका बालबालिकाहरू द्वारा निर्मित नमुना बिज्ञान सामाग्रीहरुको प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ ।



प्रदर्शनीमा ५ वटा भन्दा बढी स्टलहरु राखिएको थियो । जसमा विभिन्न बिद्यार्थीहरुले बनाएको विज्ञान र प्रविधिसम्बन्धि सामग्री प्रस्तुत गरिएको थियो ।

प्रदर्शनीलाई अवलोकन गर्न फतुवा बिजयपुर नपा की कार्यबाहक मेयर अम्बेया खातुन, नेपाल शिक्षक संघका नगर अध्यक्ष राधेश्याम यादव लगायत सयौँ को संख्या मा मानिसहरू पुगेका थिए।



विद्यालय का प्रधानाध्यापक रवीन्द्र प्रसाद साहले प्रदर्शनी समारोहमा उपस्थित अतिथि तथा सहभागिलाई स्वागत तथा धन्यवाद व्यक्त गर्दैै विद्यार्थीहरुले प्रदर्शनीमा तयार पारेका प्रोजेक्टहरुले राष्ट्र निर्माणका लागि महत्वपूर्ण भूमिका खेल्ने उनले बताए । ‘यसको प्रवद्र्धनका लागि सरोकारवाला निकायहरुको विशेष ध्यान जानुपर्ने देखिन्छ,’ उनले भने,

प्रदर्शनीमा बिद्यार्थीहरुले रोबर्ट, सौर्यमण्डल, रकेट लगायत अनेकौं प्रकारका सामाग्रीहरुको प्रदर्शन गरिएका थिए 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today