मटिहानी नगरपालिका वडा नं. ५, बिसनपुरमा रहेको श्री राम जानकी आधारभूत विद्यालयको नयाँ विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा श्री विनय कुमार मण्डल चयन हुनु भएको छ। त्यस्तै, सदस्यहरूमा रामतोला देवी, देवेन्द्र यादव र रेणु देवी महतो चयन भएका छन्।
उक्त विद्यालय व्यवस्थापन समिति चयन कार्यक्रममा वडा अध्यक्ष श्री मिश्री नायक, नगर शिक्षा संयोजक चन्देश्वर साह, वडा सचिव दिनेश यादव, प्रधानाध्यापक श्रीमती वविता झा, नगरपालिका कर्मचारी नरेश कुमार मण्डल, साथै स्थानीय सतो यादव, जितेन्द्र कुमार महरा, सञ्जीव मण्डल, अभिभावकहरू र अन्य स्थानीयको सहभागिता रहेको थियो।
२४५ जना विद्यार्थी अध्ययनरत यस विद्यालयमा लामो समयदेखि व्यवस्थापन समिति नरहेको अवस्थामा नयाँ समिति गठन भएपछि स्थानीय बासिन्दाहरू खुशी व्यक्त गरेका छन्।