महोत्तरी, जलेश्वर: विश्वभर क्रिकेटको माध्यमबाट नेपाललाई चिनाउने राष्ट्रिय क्रिकेट खेलाडीहरू संदिप लामिछाने, गुलशन झा, कुशल भुर्तेल लगायतले महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरस्थित प्रसिद्ध बाबा जलेश्वरनाथ महादेव मन्दिरमा धार्मिक विधिअनुसार पूजा अर्चना गर्नुभयो।
नेपाल क्रिकेट संघ (CAN) का उपाध्यक्ष रोशन सिंह रोयलको नेतृत्वमा आयोजित यस पूजामा खेलाडीहरूले नेपाल र क्रिकेटको प्रगतिका लागि आशीर्वाद लिएको जनाइएको छ।
पूजामा खेलाडीहरूको आगमनले स्थानीय क्षेत्रवासीमा उत्साह थपिएको थियो भने उनीहरूको यो धार्मिक गतिविधिले क्रिकेट र धर्मलाई एकसाथ जोड्ने सन्देश दिएको छ।





