Type Here to Get Search Results !

१०औं राष्ट्रिय योग दिवस बर्दिवासमा भव्यतापूर्वक सम्पन्न

 



बर्दिवास, माघ १ – "स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिको लागि योग" भन्ने नाराका साथ १०औं राष्ट्रिय योग दिवस बर्दिवासमा भव्य रूपमा सम्पन्न भएको छ।



बर्दिवास नगरपालिकाको आयोजना र लायन्स क्लब बर्दिवास समाजको संयोजनमा सम्पन्न भएको यो कार्यक्रममा आर्ट अफ लिभिङका श्रद्धेय गुरु पवन नेपाल, नगर प्रमुख प्रल्हाद क्षेत्री, मधेस प्रदेश सरकारका पूर्व गृह तथा सञ्चार राज्यमन्त्री सारदादेवी थापा, होटल तथा पर्यटन व्यवसायी महासंघ मधेस प्रदेशका अध्यक्ष हिरा गौतम, सशस्त्र प्रहरीका एसपी केशव प्याकुरेल, र जिल्ला ट्राफिक कार्यालय बर्दिवास महोत्तरीका प्रमुख लक्ष्मीराज जोशी लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।



उक्त कार्यक्रमले योगको महत्वलाई जनमानसमा उजागर गर्न सफल भएको आयोजकहरूको दाबी छ। सहभागीहरूले स्वस्थ जीवनशैलीका लागि योग आवश्यक रहेको र यसले समाजलाई सकारात्मक मार्गतर्फ डोर्‍याउने विश्वास व्यक्त गरे।



कार्यक्रमका सहभागीहरूले योगले मात्र होइन, समाजमा शान्ति, समृद्धि र एकताको वातावरण निर्माण गर्न पनि योगदान दिने कुरा उल्लेख गरे। यो दिवसले बर्दिवासवासीलाई योगप्रतिको जागरुकता बढाउनुका साथै स्वस्थ जीवन जिउने प्रेरणा दिएको छ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today