Type Here to Get Search Results !

नेपाल राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेद्वारा मटिहानीमा धार्मिक पूजा

 


नेपाल राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेद्वारा मटिहानीमा धार्मिक पूजा अर्चना गरिएको हो ।


मटिहानी, महोत्तरी: नेपाल राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान एवं राष्ट्रिय क्रिकेट खेलाडी श्री सन्दीप लामिछानेज्यूले आज मटिहानीस्थित प्रसिद्ध लक्ष्मी नारायण मठमा धार्मिक विधिवत पूजा अर्चना गर्नुभयो।



उक्त अवसरमा आयोजित एक विशेष कार्यक्रमका बीच मटिहानी नगरपालिकाका नगर प्रमुख श्री हरि प्रसाद मंडलज्यूले श्री सन्दीप लामिछानेज्यू र उहाँसँगै आएका नेपाल क्रिकेट संघ (CAN) का उपाध्यक्ष श्री रोशन सिंहज्युलाई स्वागत तथा सम्मान गर्नुभयो।



कार्यक्रममा मटिहानी नगरपालिका वडानं. ६ र ७ का वडाअध्यक्ष क्रमशः कलीम अंसारी र जितनारायण माझी, प्रहरी चौकी मटिहानीका प्रमुख रोशन लामिछाने तथा मटिहानी नगरपालिकाका कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।



यो कार्यक्रममा नगर प्रमुखले राष्ट्रिय खेलाडीहरूप्रति सम्मान र गर्व व्यक्त गर्दै खेलकुदले राष्ट्रको पहिचान निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने कुरा बताउनुभयो।







Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today