Type Here to Get Search Results !

माघे संक्रान्तिमा नगर प्रमुख मण्डल विभिन्न जातजातिका पूजामा सहभागी


मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डलले माघे संक्रान्तिको पावन अवसरमा विभिन्न जातजातिका परम्परागत पूजामा सक्रिय रूपमा सहभागिता जनाउनुभएको छ।



मटिहानीमा आयोजित मल्लाह (सहनी) जातिको कुलदेवी कमला महारानीको पूजा, खतवे जातिको कुलदेवी सोसिया निकुंझियाको पूजा र चमार जातिको कुलदेवता श्री मनसाराम बाबाको पूजामा उहाँको उपस्थितिले समुदायमा उत्साह थपेको छ।





यसैगरी, सिमरदही र बहुअर्वामा बसोबास गर्ने मण्डल, सहनी र खतवे जातिहरूले आयोजना गरेका आ-आफ्ना कुलदेवी देवताका पूजामा पनि नगर प्रमुखले सहभागिता जनाउँदै परम्परागत संस्कृतिलाई संरक्षण गर्ने प्रतिबद्धता जनाउनुभएको छ।




मटिहानी नगरपालिकाको आबर गाउँमा बिन जातिको कुलदेवता भुईया बाबाको पूजामा उहाँको उपस्थितिले समुदायमा सकारात्मक सन्देश गएको छ।




नगर प्रमुख मण्डलले यस अवसरमा हाम्रा धार्मिक र सांस्कृतिक विविधता हाम्रो पहिचान भएकोले यिनको संरक्षणमा सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभएको छ।








Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today