Type Here to Get Search Results !

अधिकार नदिने अनि प्रदेश र स्थानिय सरकारलाई दोष लगाउने : गृहमन्त्री राजकुमार लेखी

 




विष्णु गुप्ता 

२ माघ,महोत्तरी ।


शक्ति,स्रोत र साधनको सबै अधिकार संघ सरकारले आफै राखेर प्रदेश र स्थानिय सरकारले विकास नगरेको दोष नलगाई दिन मधेश प्रदेश सरकारका गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले बताउनुभयो । "सबै शक्ति र स्रोत साधन संघ सरकार सँग छ प्रदेश सरकारलाई अलि-अलि सात-आठ प्रतिशत,स्थानिय सरकारलाई आठ-दश प्रतिशत अनि बाकी संघ सरकार सँग साधन स्रोत छ अनि दोष हामीलाई लगाएर हुन्छ, अधिकार दिन हिचकिचाउने,अधिकार दिन कानुन नबनाउने अनि स्थानिय र प्रदेशलाई दोष लगाएर हुन्छ" उनले भन्नुभयो ।

मिडिया काउन्सिल मधेश प्रदेशले नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको समन्वयमा  आयोजना गरेको सूचनाको हक सम्बन्धि एक दिने गोष्ठी कार्यक्रममा उहाँले सो बताएका हुन । संघ सरकार संघ रहेको अधिकार र स्रोत साधनको केहि प्रतिशत अंश मात्र प्रदेश र स्थानिय निकायलाई दिएपछि विकास निर्माण लगायतका अन्य कामहरु गर्न दुवै निकायलाई कठिनाई भएको उनले बताउनुभयो । यतिका कठिनाई र समस्याहरु हुँदाहुँदै मधेश प्रदेश सरकारले संघियतालाई जोगाउन काम गर्दै आईरहेको पनि उनले बताउनु भयो  । 


महोत्तरी जिल्ला कार्यक्षेत्र भई पत्रकारिता गर्दै आईरहेका सञ्चारकर्मीमा सूचनाको हक सम्बन्धी जानकारी,सूचनाको हकको प्रयोग,सूचनाको हक सम्बन्धी राज्यको कानून व्यवस्था तथा सूचनाको हक प्रयोग गर्दा आउने कठिनाई र त्यसका समाधानमा केन्द्रित भई प्रशिक्षक द्वय नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य राजेश कुमार कर्ण तथा वरिष्ठ पत्रकार एवं लेखक राकेश प्रसाद चौधरीले सञ्चारकर्मीहरुलाई प्रशिक्षण दिएका थिए । एकदिने सूचनाको हक सम्बन्धी गोष्ठि कार्यक्रममा मटिहानी नगरपालिका नगरप्रमुख हरि प्रसाद मण्डलले सूचनाको हकको प्रयोग नियोजित रूपले नकारात्मक प्रयोजनमा नभएर जनताको हितका लागि प्रयोग गर्नुपर्ने बताउनु भयो । त्यस्तै जलेश्वर नगरपालिकाका नगरप्रमुख सुरेश साह सोनारले सञ्चारकर्मी र सञ्चार क्षेत्रको सहयोगका लागि सधै तत्पर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


 नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका अध्यक्ष महेश कुमार दासले महोत्तरी जिल्लामा रहेका स्थानिय मिडिया संस्थानहरुको दयनिय अवस्था प्रति सम्बन्धित सरोकार वाला निकायको ध्यानाकर्षण गराउदै महासंघ महोत्तरी शाखाको कार्यसमितिले महोत्तरीको पत्रकारितामा नयाँपन थप्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।


उक्त कार्यक्रममा मधेश प्रदेश सभा सदस्य भरत प्रसाद साह, प्रदेश सभा सदस्य सुरिता साह,मटिहानी नगरपालिका नगरप्रमुख हरि प्रसाद मण्डल,जलेश्वर नगरपालिका प्रमुख सुरेश साह सोनार,महोत्तरी प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी,नेपाल पत्रकार महासंघ महोत्तरी शाखा अध्यक्ष महेश कुमार दास,मिडिया काउन्सिलका कर्मचारी तथा महोत्तरीका सञ्चारकर्मीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो  ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today