Type Here to Get Search Results !

मधेस प्रदेश: बजेट वक्तव्य संशोधन गर्न सङ्कल्प प्रस्ताव बहुमतबाट पारित

 

जनकपुरधाम । मधेश प्रदेश सभाको आज बसेको बैठकले बजेट वक्तव्य संशोधन गर्न सङ्कल्प प्रस्ताव बहुमतबाट पारित गरेको छ। प्रदेश सभाको चौथो अधिवेशनको आइतबार बसेको सातौ बैठकले मधेश सरकारको चालु आर्थिक वर्ष २०८१/०८२ को बजेट वक्तव्य संशोधन गर्न सङ्कल्प प्रस्ताव पारित गरेको हो। गत पुस २९ गते सङ्कल्प प्रस्ताव सदनमा दर्ता भएको थियो। सभामुख रामचन्द्र मण्डलबाट सैद्धान्तिक सहमतिपछि आइतबार प्रदेश सभामा सङ्कल्प प्रस्ताव पेस गरिएको थियो।

सभामुख मण्डलले सभामा उपस्थित ५९ सभा सदस्यमध्ये ४३ जना प्रस्तावको पक्षमा र १६ जना विपक्षमा मतदान भएकोले सो प्रस्ताव बहुमतले पारित भएको जानकारी दिए। सत्ता गठबन्धन दल लोसपाका प्रदेश सांसद रुपाकुमारी यादवले सदनमा सो सङ्कल्प प्रस्ताव पेस गरेका थिए ।

प्रस्तावकको समर्थकमा नेकपा (एमाले)बाट पल्टीदेवी महरा, कांग्रेसबाट अञ्जना पण्डित, जनमतबाट हसिना खातुन,नेकपा (एकीकृत समाजवादी)बाट रत्नेश्वर गोइत र राप्रपाबाट कञ्चन विच्छा रहेका छन्। समर्थकमध्ये एकीकृत समाजावदी र राप्रपा प्रतिपक्ष दलका सांसद हुन्। बजेट वक्तव्यको १४७ नम्बर बुँदाको अनुसार उपभोक्ता समितिबाट काम गराउन बाधक रहेको भन्दै सो बाधा फुकाउन सङ्कल्प प्रस्ताव पेस गरिएको थियो।

बजेट वक्तव्यको १४७ नम्बर बुँदामा खुला प्रतिस्पर्धाबाट काम गराउने उल्लेख गरिएको छ। पारित सङ्कल्प प्रस्तावमा ५० लाखसम्मका योजना उपभोक्ता समितिबाट र त्यसभन्दा माथि रकमका योजना खुला प्रतिस्पर्धाबाट गर्ने उल्लेख गरिएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today