Type Here to Get Search Results !

मटिहानीमा सातौँ राष्ट्रपति रनिङ शिल्डको भव्य उद्घाटन

 महोत्तरी, ०८ माघ: महोत्तरीको मटिहानी नगरपालिकामा सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको भव्य उद्घाटन भएको छ। मंगलबार मटिहानी रंगशालामा आयोजित एक समारोहबीच महोत्तरीका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीमटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले संयुक्त रूपमा प्रतियोगिताको उद्घाटन गरेका हुन्



नगरपालिका शिक्षा तथा खेलकुद शाखाको आयोजनामा भएको यस प्रतियोगितामा नगरपालिकाभित्रका पाँच वटा माध्यमिक विद्यालयका विद्यार्थीहरू सहभागी भएका छन्दुई दिने प्रतियोगितामा भलिबल, कबड्डी, विभिन्न दूरीका दौड, हाइजम्प, लङजम्पबुद्धिचाल गरी २३ प्रकारका खेल समावेश गरिएको छ।
प्रमुख जिल्ला अधिकारी कवारीले शिक्षासँगै खेलकुदले पनि मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताएउनले मटिहानी नगरपालिकाले खेलकुदको क्षेत्रमा देखाएको सक्रियताको प्रशंसा गरे



नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखाका अध्यक्ष महेश कुमार दासले मटिहानीका खेलाडीहरूलाई प्रदेश राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न प्रेरित गर्दै यस प्रतियोगिताको सफलताको कामना गरे
मटिहानी नगरपालिकाका नगरप्रमुख मण्डलले शिक्षाखेलकुदको समग्र विकासका लागि नगरपालिका प्रतिबद्ध रहेको बताए



Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today