Type Here to Get Search Results !

मधेशका शहीदहरूको सम्झनामा फतुवा बिजयपुर ११ सहिद चोक मा दीप प्रज्ज्वलन कार्यक्रम सम्पन्न



रौतहटको फतुवा बिजयपुर नपा ११ मा मधेश आन्दोलनका प्रथम शहीद रमेश महतो सहित शहीदहरूको सम्झना मा दीप प्रज्ज्वलन कार्यक्रम सम्पन्न भएको छ ।



शनिबार मधेश बलिदानी दिवस को अवसरमा जसपा नेपाल फतुवा बिजयपुर नगरपालीका ११ नंबर वाड कमिटी द्वारा भैंसही स्थित सहिद चोक मा दीप प्रज्ज्वलन कार्यक्रम सम्पन्न भएको हो।


जनता समाजवादी पार्टी नेपाल का मधेश प्रदेश कमिटी सदस्य बिजय चौधरी को नेतृत्व मा र वडा नं ११ का समाज सेवि नेता सिताराम चौधरीको अध्यक्षतामा भएको दीप प्रज्ज्वलन कार्यक्रममा उपस्थितनेतारुले मधेस का लागि बलिदान दिएका सहिदहरुको तस्वीरमा माल्यार्पण गरी श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो।



रमेश महतो मधेश आन्दोलनका प्रथम शहीद हुनुहुन्छ । आन्दोलनका क्रममा २०६३ माघ ५ गते प्रहरीको गोली लागेर उहाँको मृत्यु भएको थियो । उहाँको मृत्यु भएसँगै आन्दोलन चर्किएको थियो । 


त्यसयता प्रत्येक वर्ष माघ ५ गतेलाई मधेश केन्द्रित दलहरूले बलिदान दिवसका रूपमा मनाउने गरेका छन् । आजको दिन ती दलहरूले विभिन्न कार्यक्रम पनि आयोजना गरेका छन् ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today