Type Here to Get Search Results !

भवरी मेलाबाट पेस्तोलसहित दुई युवा पक्राउ

 


सिरहाको गोलबजार नगरपालिका–११ बल्कवास्थित मैनाबत्ती खोला किनारमा लाग्ने भवरी मेलाबाट पेस्तोलसहित दुई युवक पक्राउ परेका छन् । 

मेलामा झगडा गरिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिई खानतलासी गर्दा पेस्तोल र फलामको रड बरामद भएपछि गोलबजार–१२ बेतौनाका करिब १९ वर्षका प्रमोद ठाकुर र विष्णुकुमार महतोलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । 

सिरहा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार पक्राउ गरिएका दुई जनालाई मातहतको इलाका प्रहरी कार्यालय गोलबजारमा राखेर हातहतियारसम्बन्धी कसुरमा सिरहा जिल्ला अदालतबाट मंगलबार म्याद थप भई थप अनुसन्धान भइरहेको छ । 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today