Type Here to Get Search Results !

जिल्ला प्रशासन कार्यालय मुस्ताङको आवासगृहमा आगलागी, एक जना घाइते

 

सांकेतिक तस्बिर ।

काठमाडौँ- जिल्ला प्रशासन कार्यालय मुस्ताङको आवासगृहमा आज बिहान आगलागी हुँदा एकजना घाइते भएका छन्।

जोमसोमस्थित प्रशासन कार्यालयको पुरानो भवनमा आगलागी हुँदा प्रमुख जिल्ला अधिकारी (सीडीओ)का सुरक्षागार्ड प्रहरी हवल्दार खेमप्रसाद तिवारी घाइते भएका हुन्।

हात र औँलामा आगोले पोलेर घाइते भएका तिवारीलाई उपचारका निम्ति पोखरा पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीले बताए । उनका अनुसार, तिवारीको अवस्था खतरामुक्त छ।

हवल्दार तिवारी सुत्ने कोठा र त्यहाँ रहेका सामग्री जलेर नष्ट भएको छ। तिवारी आगलागी भएपछि झ्यालबाट हाम फालेर बाहिर निस्किएका थिए। प्रहरी, कर्मचारी र स्थानीयवासीले आगलागी नियन्त्रणमा लिएका थिए।

विद्युत् चुहावटका कारण आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको सहायक प्रजिअ सुवेदीले बताए।


Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today