महोत्तरी को मटिहानिमा बडा दशैंको शुभ अवसरमा श्री आदर्श दुर्गा पूजा समिति मटिहानी द्वारा आज भव्य शान्ति शोभा कलश यात्राको आयोजना गरिएको हो ।
मानव कल्याणको कामना गर्दै निकालिएको सो कलश शोभा यात्रामा देवी दुर्गाको नौ वटै स्वरूप प्रतिक बनाई बाजागाजा सहित सो कलश शोभा निकालिएको थियो।
उक्त शान्ति कलश शोभा यात्रामा मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डल, प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने ,उपप्रमुख मञ्जु देवी साह, विभिन्न वडाका वाडा अध्यक्षहरू ,कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू विभिन्न पार्टीका पार्टी प्रतिनिधिहरु , बुद्धिजीवी, महिला लगायत स्थानीयहरूको सहभागिता रहेको थियो।

