जनकपुरधामको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा बोकाबली असोज २४ गते बिहिबार हुने भएको छ । असोज २४ गते सप्तमी तिथि रहेको अष्टमी तिथि पनि बेलुका सोही दिन पर्ने भएकाले बोकाबली निर्णय गरिएको श्रीराम युवा कमिटीका बरिष्ठ उपाध्यक्ष अनिकेत ठाकुरले जानकारी दिए ।
ठाकुरका अनुसार राजदेवी मन्दिरमा असोज २४ गते बेलुका साढे ६ बजेदेखि बोका बली शुरु हुनेछ । मिथिला पञ्चाङ्गगका अनुसार सो दिन सप्तमी तिथि रहेपनि बेलुका अष्टमी तिथि शुरु भएर त्यसको भोली पल्ट बिहानसम्म मात्रै अष्टमी तिथि रह्ने छ । तिथिकै हेरफेरका कारण बोकाबलीका लागि असोज २४ गतेकै मिति राख्ने निर्णय गरिएको ठाकुरले बताए ।


