Type Here to Get Search Results !

चन्द्रपुर मा जसपा नेपाल को विस्तारित बैठक एवं शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न



रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकामा जनता समाजवादी पार्टी नेपालको विस्तारित बैठक एवं शुभकामना आदानप्रदान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।



शनिबार चन्द्रपुर स्थित होटल हिमाल्यन मा जसपा नेपाल चन्द्रपुर नगर कार्यसमितिले जनता सँग जसपा नेपाल आधारभूत संगठन निर्माण अभियान अन्तर्गत विस्तारित बैठक साथसाथै आउँदै गरेको शुभ दिपावली र छठ पर्व को शूभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेका छन्।



कार्यक्रममा प्रमुख अतिथि को रूपमा उपस्थित जनता समाजवादी पार्टी नेपालका उपा अध्यक्ष गोविन्द चौधरीले मधेश मा बस्ने सम्पूर्ण जनता मधेसी हो र मधेश परिवर्तनका लागि यहाँका जनता जागरुक हुनु एकदम जरुरी रहेको बताए।

कार्यक्रम मा एमाले, कांग्रेस लगायत विभिन्न पार्टी परित्याग गरी दर्जनौ नेता कार्यकर्ता आम जनताले जसपा नेपाल पार्टी मा प्रवेश गरेका छन्।



पार्टीका नगर अध्यक्ष फुल्चन राईको अध्यक्षता मा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि मा जसपा नेपालका केन्द्रिय उपाध्यक्ष गोविन्द चौधरी, विशिष्ट अतिथिको रुपमा जसपा नेपालका केन्द्रिय सदस्य एवं राष्ट्रिय सभा सदस्य मा.पूजा चौधरी, जसपा नेपाल का केन्द्रीय सदस्य एवं पूर्व मन्त्री प्रदेश सांसद अब्दुल कलाम आजाद(फूल बाबू),जसपा नेपालका केन्द्रिय सदस्य एवं गुजरा नपाका मेयर सन्तलाल धामी त्यस्तै अतिथिहरु जसपा नेपालका केन्द्रिय सदस्य रामअसरे चौधरी,जसपा नेपालका मधेश प्रदेश कार्यकारिणी सदस्य पुनित राम, जसपा नेपालका मधेश प्रदेश कमिटी सदस्य बिजय चौधरी,जिल्ला अध्यक्ष श्याम बिहारी यादव,जिल्ला उपाध्यक्ष अमृत लाल चौधरी, लगायत अन्य नेता कार्यकर्ता एवं स्थानियहरुको भव्य उपस्थिति रहेको थियो।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today