Type Here to Get Search Results !

गुजरा मा जसपा नेपालको विस्तारित बैठक तथा शूभकामना आदान प्रदान सम्पन्न



रौतहट जिल्लाको गुजरा नगरपालीका मा जसपा नेपालको विस्तारित बैठक तथा शूभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ।

जनता समाजवादी पार्टी नेपाल गुजरा नगर कार्य समितिको आयोजकत्वमा जनता संग जनता समाजवादी पार्टी नेपाल आधारभूत संगठन निर्माण अभियान अन्तर्गत विस्तारित बैठक र आउँदै गरेको लक्ष्मी पूजा, छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो ।



कार्यक्रममा प्रमुख अतिथि को रूपमा उपस्थित जनता समाजवादी पार्टी नेपालका केन्द्रिय उपाध्यक्ष गोविन्द चौधरीले आफ्नो अधिकारका लागि मधेसी जनता अझै पनि तत्पर रहनुपर्ने आवश्यकता औँल्याएको बताएका छन् ।



पार्टीका नगर अध्यक्ष अनुठा धामी को अध्यक्षता मा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि मा जसपा नेपालका केन्द्रिय उपाध्यक्ष गोविन्द चौधरी, विशिष्ट अतिथिको रुपमा जसपा नेपालका केन्द्रिय सदस्य एवं राष्ट्रिय सभा सदस्य मा.पूजा चौधरी, जसपा नेपालका केन्द्रिय सदस्य एवं गुजरा नपाका मेयर सन्तलाल धामी त्यस्तै अतिथिहरु जसपा नेपालका केन्द्रिय सदस्य रामअसरे चौधरी,जसपा नेपालका मधेश प्रदेश कार्यकारिणी सदस्य पुनित राम, जसपा नेपालका मधेश प्रदेश कमिटी सदस्य बिजय चौधरी, जिल्ला उपाध्यक्ष अमृत लाल चौधरी, जिल्ला सचिव जयराम महतो लगायत पार्टी का अन्य नेता कार्यकर्ता एवं स्थानियहरुको उपस्थिति रहेको थियो।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today