Type Here to Get Search Results !

धनुषामा करेन्ट लागेर एक युवकको मृत्यु

 

जनकपुरधाम - धनुषामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। हँसपुर नगरपालिका-६ टिल्हीका २२ वर्षीय अरबिन्द कुमार मण्डलको करेन्ट लागेर मृत्यु भएको हो।

सोमबार साँझ जनरेटर तार जोड्ने क्रममा ११ हजार भोल्टेजको बिजुलीको तारमा परेर मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक बरुण बहादुर सिंहले जानकारी दिए।

स्थानीय अशोक यादवका अनुसार मण्डल टेण्ट हाउस संचालन गरिरहेका थिए। सोमबार साँझ छिमेकीको घरमा पूजा राखिएको थियो। सो कार्यक्रममा बत्ती गए पनि घरमा अँध्यारो नहोस् भनेर उनी जनरेटरको लाइन छिमेकीको घरसम्म पुर्‍याउँदै थिए। सोही क्रममा करेन्ट लागेर उनको ज्यान गएको हो।

उनलाई तुरुन्तै उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइए पनि चिकित्सकले उपचारको क्रममा मृत घोषित गरे। मृतकको शव पोस्टमार्टमका लागि अहिले प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today