Type Here to Get Search Results !

सर्लाहीमा ठूलो परिमाणमा लागु औषध एक युवक पक्राउ

 

जनकपुर- सर्लाहीमा ठुलो परिमाणको लागु औषधसहित एक जना युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सर्लाहीको हरिपुर्वा नगरपालिका – ९ बगेवा घर भएका २४ वर्षीय धर्मेन्द्र राउत रहेका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार राउतलाई प्रहरी चौकी नारायणपुरबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो।

उनले उक्त अबैध लागु औषध लुकाई छीपाई ल्याउँदै गरेका थिए। प्रहरीले उनको साथबाट अबैध लागु औषध ONEREX -100 ml को बोतल – २०१ थान बरामद गरेको छ। साथै, प्रहरीले उनको साथबाट प्र.१-०१ -०२ ०५४ प ४८३४ नम्बरको मोटरसाईकल समेत बरामद गरेको छ।

यस घटनाका सम्बन्धमा सर्लाही जिल्ला अदालतबाट १० दिनको म्याद थप गरि अनुसन्धान अघि बढाईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

ईलाका प्रहरी कार्यालय सिमरा फेन्हाराबाट खटिएको प्रहरीको टोलीले अबैध लागु औषध Codiwell Syrup (100 ml) लेखिएको १९७ बोतल र Nitravet-10 tablet लेखिएको-४८ पत्ता बरामद गरेको छ। चेकजाँचको क्रममा उक्त लागु औषध भेटिएको र लागु औषध ल्याउने व्यक्ति सोहि समयमा लागु औषध त्यतै छोडेर भागेको प्रहरीले जनाएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today