जनता समाजवादी पार्टी नेपाल जिल्ला कार्य समिति रौतहट द्वारा सोमबार गरुडामा आयोजित विस्तारित बैठक तथा पार्टी प्रवेश कार्यक्रममा उपाध्यक्ष चौधरीले देशका विकृति विरुद्धमा जनतालाई जागरुक नबनाएसम्म देशमा अपेक्षित परिवर्तन हुननसक्ने बताए ।
कार्यक्रममा बोल्दै चौधरीले भने जसपा नेपाल पार्टी एक मात्र यादव वा कुनै एउटा जात जाती को पार्टी न भई सम्पूर्ण मधेसी, जनजाति, दलित, असहाय, गरीब, सम्पूर्ण नेपालीको पार्टी रहेको उनले बताए।
जसपा नेपाल रौतहटको जिल्ला अध्यक्ष श्याम बिहारी यादव को अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि उपाध्यक्ष चौधरीले जसपा नेपालको नीतिलाई स्मरण गराउँदै पार्टीको उन्नतिका लागि काम गर्ने प्रतिबद्धता सहित सबै तहमा जनताको हितका लागि काम गर्ने र विकासका मुद्दामा आवाज उठाउने अठोट सहित पार्टी प्रवेश गर्ने सम्पूर्ण नव प्रवेशीहरुलाई प्रमुख शुभकामना दिदै पार्टीमा स्वागत गरेका छन।
कार्यक्रममा सो पार्टिका केन्द्रीय सदस्य एवं पूर्व प्रदेश सभा सदस्य रामकिशोर प्रसाद यादव, प्रदेश सभा सदस्य माननीय अब्दुल कलाम अजाद ( फूलबाबू ), माननीय शोभा देवी साह, राष्ट्रिय सभा सदस्य माननीय पूजा चौधरी अतिथि केन्द्रीय सदस्य विश्वनाथ प्रसाद पटेल, चुल्हाई राय यादव, गौर नपाको पूर्व उप मेयर किरण ठाकुर, मधेश प्रदेशको प्रदेश अध्यक्ष बालकिशोर यादव, प्रदेश कमिटि सदस्य बिजय चौधरी, पुनीत राम, राजकुमार दास तत्मा, अतिथि रामबशिष्ट राय यादव, माधव नारायण नपाको नगर उप प्रमुख प्रीति रमण लगायत जसपा नेपालका सम्पूर्ण जिल्ला कमिटी, पालिकाका नगर अध्यक्ष सहित नेता कार्यकर्ताहरुको भव्य उपस्थिति रहेको थियो ।



