Type Here to Get Search Results !

गौशालामा ट्याक्टरले किचेर एक बालिकाको मृत्यु , दुई जना घाइते

 

महोत्तरीको गौशालामा ट्याक्टरले किचेर एक बालिकाको मृत्यु भएको छ दुई जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय गौशालाको अनुसार गौशला नगरपालिका वडा न. ३ इटाटार सुखलैया पोखरी स्थितको सडकखण्डमा पश्चिमबाट पुर्वतर्फ गईरहेको ट्याक्टरले साइकलमा सवार विद्यालय गइरहेका ३ जना बालबालिकालाई ठक्कर दिएको थियो ।
सो दुर्घटनामा परी गौशाला -३ बस्ने रामकरण महतोको १२ वर्षीया छोरी जिया कुमारी महतो मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ।
उक्त दुर्घटनामा परी जिया सामान्य घाइते भएकी थिइन् तर ट्याक्टरले मार्ने मनसायले ब्याक गरेर किचेको स्थानीयहरुले आरोप लगाएका छन् । त्यस्तै घाइते हुनेहरुमा घाइते हुने बच्चाहरु बटेश्वर गाउँपालिका वडा २ बस्ने संजय कुमार महतोको छोरा १२ वर्षीय सुरज कुमार महतो र क्षिरेश्वर नाथ नगरपालिका -८ महेन्द्रनगर बस्ने राजी प्रसाद सिंह की ६ वर्षीया छोरी अन्शिका सिंह रहेका थिए ।उनिहरु मामा घर आएका थिए । दुर्घटना पश्चात उनीहरुलाई उपचारको लागि जनकपुर पठाइएको प्रहरीले जनाएको छ ।

ज. २ त. २० नम्बर भएको स्वराज कम्पनीको ट्याक्टर चालक गौशाला – ३ का प्रेमचन्द महतो दुर्घटना लगतै फरार भएको प्रहरीले जनाएको छ ।
सामान्य घाइते बालिकालाई स्थानीयहरुले ट्याक्टरले जानीजानी किचेर मारेको आरोप लगाएपछि नवराजपुरको अवस्था तनावग्रस्त भएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today