Type Here to Get Search Results !

फतुवा बिजयपुर नपा मा जसपा नेपालको विस्तारित बैठक सम्पन्न



रौतहटको फतुवा बिजयपुर नगरपालीका मा जसपा नेपालको विस्तारित बैठक कार्यक्रम सम्पन्न भएको छ।

जनता समाजवादी पार्टी नेपाल फतुवा बिजयपुर नगर कार्य समितिको आयोजकत्वमा जनता संग जनता समाजवादी पार्टी नेपाल आधारभूत संगठन निर्माण अभियान अन्तर्गत विस्तारित बैठक कार्यक्रम सम्पन्न भएको हो ।



विस्तारित बैठक कार्यक्रमको मूल उद्देश्य वडा को प्रत्येक टोल मा पुगी जनतासँग निकट रही पार्टीलाई अझै सशक्त र संगठनलाई बलियो बनाउने रहेको कार्यक्रमका अतिथि प्रदेश कमिटि सदस्य बिजय चौधरीले बताए।



पार्टीका नगर उपाध्यक्ष बिनोद यादव को अध्यक्षता मा सम्पन्न कार्यक्रमका अतिथि मा पार्टी का केन्द्रिय सदस्य योगेन्द्र यादव, राम अश्रे चौधरी, प्रदेश कार्यकारिणी सदस्य पुनित राम, प्रदेश कमिटि सदस्य अनिल यादव, बिजय चौधरी, जिल्ला अध्यक्ष श्याम बिहारी यादव, जिल्ला उपाध्यक्ष अमृतलाल चौधरी, जिल्ला सदस्य सुरेन्द्र बैठा, बिग्नेस पासवान, वडा प्रत्यासी उमेश चौधरी लगायत पार्टी का नेता कार्यकर्ता एवं आम नगरबासीहरुको उपस्थिति रहेको थियो।



Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today