Type Here to Get Search Results !

मनोमानी ढंगले प्रधानाध्यापक को सरुवा गरेको भन्दै पालिका कार्यालयमा विद्यार्थीहरुले गरे तोडफोड



रौतहटको देबाहीगोनाही नगरपालिका का नगरप्रमुखले मनोमानी ढंगले प्रधानाध्यापक को सरुवा गरेको भन्दै मंगलबार आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले नगर कार्यालयमा ढुंगा प्रहार गरी तोडफोड गरेका छन्।

देवाही गोनाही–९ धरहरीस्थित श्रीजयकिसान माविका प्रधानाध्यापक संजयप्रसाद गुप्ताको सरुवाको विषयलाई लिएर झण्डै २ सयको संख्यामा विद्यार्थीहरुले नगरपालिका कार्यालयको गेट अगाडि भेला भई नाराजुलुस गर्दै विरोध गरेका छन्।



प्रधानाध्यापक सरुवाकै विषयमा नगरपालिकाभित्र छलफल चलिरहेको बेला विद्यार्थीले बाहिरबाट ढुंगामुढा गरेका थिए । प्रधानाध्यापक गुप्तालाई सोही पालिकास्थित सरस्वती मावि सरुवा गर्न लागेको विरोधमा विद्यार्थीहरु आन्दोलित भएका हुन् ।

विद्यार्थी आन्दोलनपछि नगरशिक्षा समितिको बैठकसमेत स्थगित भएको छ । नगरप्रमुख साहले समितिको बैठक राखेर प्रधानाध्यापकको विषयमा छलफल गर्न खोजेका थिए ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today