रौतहटको फतुवा बिजयपुर नपा का कार्यवाहक नगर प्रमुख चढ्ने गाडी स्थानीयहरूले खोसी ई.प्र.का बिजयपुर मा बुझाएका छन्।
कार्यवाहक नगर प्रमुख अम्बेया खातुनले आफनाे जिम्मेवारी बाट पन्छिन र नगर सभा गर्न नमाने पछि बिहीबार बैठक छोडि भाग्न थाले पछि उनि चढने गाडी खोसेर नियन्त्रणमा लिई स्थानिय एवं वडा अध्यक्षहरुले प्रहरी कार्यालयमा बुझाएका छन साथै वडा अध्यक्षहरु आफै चढने मोटरसाइकल समेत सभा नहुन्जेलसम्म प्रयोग नगर्ने गरि प्रहरिकै जिम्मा लगाएका छन ।
कार्यवाहक नगर प्रमुख खातुन आफ्नो स्वार्थ मात्र हेर्ने र नगरपालीका का जनता लाई वास्ता न गरी मनोमानी ढंगले नगर पालिका चलाउँदै आएको खातुन को रवैयाले आज यस्तो दिन आएको आक्रोसित जनताहरूले बताएका छन्।
नगर सभा नहुन्जेल फतुवा बिजयपुर नगरपालिकाका निर्वाचित जनप्रतिनिधि सरकारी गाडी प्रयोग नगर्ने बुझिएको छ ।

