Type Here to Get Search Results !

मटिहानी नगरपालिकाले कृषि र पशु सामग्री बितरण गरे

 


मटिहानी नगरपालिकाले डिजिटल तराजु, पशुको औषधी सेट र केरा तथा घाँसको विरुवा वितरण गरेको छ । 

उक्त डिजिटल तराजु, पशुको औषधी सेट र केरा तथा घाँसको विरुवा वितरण कार्यक्रमको शुभारम्भ मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डलले गर्नुभयो । 


मटिहानी नगरपालिका र हेफर प्रोजेक्ट नेपालको सहयोगमा सञ्चालित " कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता विकास परियोजना " अन्तर्गत आज उक्त परियोजनामा आवद्ध रहेका  विभिन्न महिला समूहका जम्मा १९ जना महिलालाई ८.५ बिघा खेतमा पुग्ने गरी १० हजार केराको बोट, बिभिन्न घास ( सुपर नेपियर-६ हजार, बकाइनो-६ हजार, इपिल-६ हजार र कटहर-३ हजार बिरुवा ) गरी जम्मा २१ हजार घासको बिरुवा , डिजिटल तराजु ५ थान, ३ वटा पशु स्वास्थ्य कार्यकर्ताहरुलाई १/१ वटाका दरले पशु औषधि सेट लगायतका सामाग्री वितरण गरेको कुरा उक्त परियोजनाका परियोजना संयोजक महेश राय यादवले बताउनुभयो ।



उक्त कार्यक्रममा  वडा नं ६ र ८ का वडा अध्यक्षहरू क्रमश: कलीम अंसारी र रितेश साह, हेफरका वरिष्ठ कार्यक्रम अधिकृत मिथिलेश झा, कार्यक्रम अधिकृत अभिशेख खैरवाल, कृषि शाखा प्रमुख संध्या साह, हेफर प्रोजेक्टका कर्मचारीहरू र विभिन्न महिला समूहका महिलाहरू लगायत स्थानीयहरूको उपस्थिति रहेको थियो ।





Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today