Type Here to Get Search Results !

रोटरी क्लव बर्दिबासको अध्यक्षमा विष्णुराज पुरी

 


रोटरी क्लव अफ बर्दिबासकोे अध्यक्षमा विष्णुराज पुरीलाई चयन गरिएको छ । शनिबार बर्दिबासको गौतम होटलमा आयोजित एक समारोहका छठौं कार्यकालका लागि पुरीको अध्यक्षमा ११ सदस्य समिति चयन गरिएको हो ।

बर्दिबासमा शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई लगायत क्षेत्रमा काम गर्दै आएको रोटरी क्लब अफ बर्दिबासको नयाँ समितिका महासचिव सुदर्शन काफ्लले बताए ।
त्यसैगरि रोटरी क्लव अफ बर्दिबास अन्तगर्तका युवाहरुको समुहलाई प्रतिनिधित्व गर्ने रोट्रयाक क्लवको अध्यक्षमा नारायण अधिकारीलाई चयन गरिएको छ ।

कार्यक्रमा शिक्षा तथा संस्कृति राज्य मन्त्री शारदा थापाले सहयोग, सुरक्षा र विकास नागरिकको पहिलो आवश्यकता रहेको बताइन् । उनले मधेस प्रदेशमा मौलाउँदै गएको लागुऔषध दुव्र्यसनीलाई नियन्त्रण गर्न प्रहरी प्रशासनले विशेष जोड दिनु पर्ने उल्लेख गरिन् ।

कार्यक्रममा बर्दिबास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्री, नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेस प्रदेशका अध्यक्ष हीरा गौतम, बर्दिबास उद्योग बाणिज्य संघका अध्यक्ष बिष्णु खड्का लगायतको उपस्थिति थियो ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today