Type Here to Get Search Results !

प्रादेशिक अस्पताल लाहानमा असारे विकासको नाममा अनियमितता

 


वर्षभरी सुस्ताएर बस्ने र असार मसान्तमा भ्याई नभ्याई बजेट सिध्याउने आधिकांश सरकारी अड्डाहरुकै मेलोमा लहानस्थित रामकुमार उमाप्रसाद स्मारक प्रादेशिक अस्पतालले पनि आर्थिक वर्षको अन्तमा विकासे काम गरिरहेको छ। देशको राजनीतिक संरचना बदलिए पनि ‘असार’मा नै बजेट सक्ने प्रवृत्तिमा भने कमी आएको छैन।

अहिले प्रादेशिक अस्पतालमा अहिले ‘असारे विकासको चटारो’ छ। अस्पतालमा फिजियो थेरापी भवनको माथी ट्रस सर्माणगरी रुम निर्माण र फिनिसिङ गर्ने कार्यको सुरुवात असार मसान्तमा थालेको हो।


अस्पताल मेडिकल सुपरिडेन्टेन्ट डाक्टर शुनिल कुशवाहाले रकम हिनामिना गर्नकै लागी असार मसान्तमा आर्थिक ऐन विपरीत ६० लाख वरावरको ६ वटा कोटेशन मार्फत निर्माण कार्य गराइरहेको नाम नखोल्ने शर्तमा अस्पतालकै एक कर्मचारीले जानकारी दिए।

ती कर्मचारीले भने, ‘जब आर्थिक वर्ष सकिन लाग्छ अनि पूर्वाधार विकासको नाममा विनाशको खेती सुरु गर्न अस्पतालका प्रमुख माहिर हुनुहुन्छ। कोटेशन मार्फत काम गराइरहेका ठेक्केदासँग प्रमुखले २० देखि ३० प्रतिशत कमिशन लिएर काम गराइरहेको छ।’

अस्पताल प्रमुख कुशवाहाले ठेक्केदारसंगको साठगाँठमा कमअसल निर्माण समाग्री प्रयोग गरी काम गराइरहेको स्रोतको दावी छ। ठेक्केदारले ट्रस निर्माणमा कमशल इँटा र प्रशोधन नगरी खोलाबाट ल्याएको गिट्टी वालुवा प्रयोग गरेको त्यहाँ कार्यरत कर्मचारीहरु नै बताउँछन्।

प्रमुख कुशवाहाले रकम हिनामिना गर्नकैकै लागी असार मसान्तमा धमाधम निर्माण कार्य सकाउन लागेको स्थानिय राजनितिकर्मीहरुको समेत आरोप रहेको छ। प्रादेशिक अस्पतालमा निर्माण कार्य देखि कर्मचारी भर्नामा समेत आर्थिक चलखेल हुने गरेको उनीहरुको कथन रहेको छ।

अस्पतालका प्रमुख कुशवाहा आफैले दिएको दुईवटा स्टिमेट बजेट शिर्षक आफैमा वाझिएको छ। ‘ट्रस निर्माणको स्टिमेटमा प्रोजेक्टको नाम ‘‘फिजियो थेरापी भवनको माथी नव निर्मित ट्रसमा रुम तथा फिनिसिङ गर्ने कार्य’ उल्लेख गरिएको छ।


यसलाई नै आधार मान्ने हो भन्ने उक्त ठाउँमा ट्रस निमार्ण कार्य अधुरै राखेर पुनः कोटेशन मार्फत नव निर्मित भवनमा कोठा तथा फिनिसिङको लागी रकम विनियोजन गरिएको देखिन्छ। ट्रसको काम सम्पन्न नहुदै एउटै भवनको लागी फिनिसिङ गर्न पुनः कोटेशन लगाउनुले पनि अनियमितता गर्ने नियतले कोटेशनमा काम गराईरहेको पुष्टि गर्छ।

प्रत्येक आर्थिक वर्षको असार मसान्तको २४ गते राती १२ वजे सम्ममात्र अनलाइन चेक काट्ने व्यावस्था छ। तर यो अस्पतालले कोटेशनमा लगाइएको काम सक्न अझै कम्तीमा १५ दिन लाग्छ। ट्रस निर्माण देखि टाइल्स, मार्वल सम्मको काम अधुरै छ। काम सम्पन्न नभएपनि भुक्तानी दिने तयारी भइरहेको स्रोतको दावी छ।


वर्षौ पुरानो बनेको भवनमाथी ट्रस निर्माण गरिएको छ। पुरानो भवनको अवस्था पनि जिर्ण छ। भवनको छतमा धेरै ठाउँमा चिरा परिसकेको छ। तर त्यही माथी हचुवाको पुनः ट्रस निर्माण गरिएको छ।

यस सम्वन्धमा अस्पताल प्रमुख कुशवाहासंग ट्रस निर्माण र टार्इल्सको काम कस्ले गरेको र कती लागतमा हैुदैछ? भनी जिज्ञासा राख्दा उनले, ‘म अहिले बाहिर छु, सबै कागजात लेखासंग छ। मलाई अहिले सम्झना भएन कस्ले र कती रकम विनियोजन भएको छरु भन्दै गैर जिम्मेदारी पुर्ण प्रतिकृया दिँदै फोन काटे।’

यता लेखा अधिकृत राज कुमार साहसंग यो काम कस्ले गराई रहेको र निमार्ण कार्य नसक्र्द कसरी भुक्तानी हुन्छ? भनि जिज्ञासामा उनले, ‘कैलास कन्सट्रक्सनका प्रोप्राइटर संजय सिंहले काम गराई रहेको छ। कामहरु सबै कोटेसनमै भइरहेको छ। म कहाँ फाइल आएको छैन। सबै कोटेसनको छुट्टा–छुट्टै कन्सट्रक्सनको नाम पेस गरेपनि काम उनैले गराएको देख्छु। भुक्तानी त काम सम्पन्न भएर फाईल आएपछि मात्रै हुने हो, काम सम्पन्न नभएसम्म भुक्तानी हुन्न।’

हरेक आर्थिक वर्षको अन्त्यमा हुने असारे विकास केवल बजेट सक्ने काम मात्रै हुने गरेको जानकारहरु बताउँछन्। मसान्तमा काम गर्दा व्यापक आर्थिक अनियमितता हुन्छ नै भएका निर्माण पनि कमसल हुने गरेको छ।





Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today