Type Here to Get Search Results !

मटिहानी नगरपालिकाको धिरापुरमा बिद्यालय भवनको समुद्घाटन सु-सम्पन्न ।

 


मटिहानी नगरपालिकाको धिरापुरमा बिद्यालय भवनको समुद्घाटन सु-सम्पन्न ।


महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वड़ा नं.१ सानो धिरापुरमा रहेको श्री जनता आधारभूत बिद्यालयको ४ कोठे पक्की भवनको आज समुद्घाटन गरिएको छ ।



राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत मटिहानी नगरपालिका द्वारा निर्माण गरिएको सो ४ कोठे पक्की भवनको समुद्घाटन आज एक समारोह बीच  मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मंडलले गर्नुभयो ।


बि.सं.२०१८ सलमा स्थापना भएको सो बिद्यालयमा रहेको जीर्ण भवनले गर्दा पठनपाठनमा समस्या भई रहेको थियो र आज उक्त भवनको समुद्घाटनले गर्दा पठनपाठनमा सहजता हुने बिश्वास नगर प्रमुख मंडलले ब्यक्त गर्नुभयो ।

स्थानीय राम पदारथ साह, इन्द्रजीत साह लगायतकाहरुले आफ्नो गाउँको बिद्यालयमा नयाँ भवन पाए पछि खुशी ब्यक्त गरेका हुन ।

उक्त भवन करीब ६० लाखको लागतमा निर्माण भएको पालिका इंजीनियर बिमलेश साहले बताएको हो ।



वड़ा नं.१ का वडा अध्यक्ष शिवशंकर रायको अध्यक्षतामा सम्पन्न समुद्घाटन कार्यक्रममा उप-प्रमुख मंजु देवी साह, वड़ा नं. २,३,४ र ९ का वड़ा अध्यक्षहरु, कार्यपालिका सदस्य सुनकेशी चौधरी, उक्त बिद्यालयका प्र.अ. राम दिनेश मंडल, वड़ा सदस्यहरु, शिक्षा शाखा प्रमुख चन्देश्वर साह, स्थानीय अजय साह, उमेद मंडल, किसुन सहनी, शिक्षक शिक्षिका लगायत बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।








Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today