Type Here to Get Search Results !

मटिहानी नगरपालिकाले कागतीको बिरुवा बितरण कार्य गरे शुरु ।


 महोत्तरीको मटिहानी नगरपालिकाले कागतीको बिरुवा बितरण कार्य शुरू गरेको छ ।


आज मटिहानी नगरपालिका वड़ा नं.७ का स्थानीयहरुलाई कागतीको बिरुवा बितरण कार्यको शुभारम्भ मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मंडलले गर्नुभएको हो ।


सो अवसरमा बोल्नुहुदै प्रमुख मंडलले कागतीमा भिटामिन सी (Vitamin C) प्रशस्त मात्रामा पाउने र यसले हाम्रो शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने भएको हुँदा यसले हामीलाई बिभिन्न रोग बाट बच्न सहयोग पुग्ने बताउनुभयो ।


कृषि तथा पशु विकासमा आधारित नगर स्तरीय कार्यक्रम अन्तर्गत हरेक घरपरिवारलाई पुग्ने गरी करिब १० हजार कागतीको बिरुवा पालिकाले ९ वटै वडामा वितरण गर्ने कार्यक्रम रहेको कुरा कृषि सहायक प्राविधिक टंक उपाध्यायले बताउनुभयो ।


त्यसैगरी स्थानीय भदैया मण्डल, बैजनाथ कापर लगायतकाहरुले कागतीको बिरुवा पाए पछि खुसी व्यक्त गरेका छन ।

सो कार्यक्रममा मटिहानी वड़ा नं.७ का वड़ा अध्यक्ष जितनारायन माझी , वड़ा नं.७ का वड़ा अध्यक्ष कलीम अंसारी लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today