Type Here to Get Search Results !

महोत्तरीमा गोली दागेर लुटपाट गर्ने दुईजना पक्राउ

 


महोतरीको गौशालामा गोली दागेर लुटपाट गरेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा सबैला–९ का ४७ वर्षिय शशि शंकर कापर र महोत्तरी भंगहा–२ का ३० वर्षिय आशिष कुमार कंठ रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले बिहिवार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको छ । गत जेठ २८ गते खोलाको बाटो हुँदै घरतर्फ जाँदै गरेका गौशाला नगरपालिका–११ का ३८ वर्षिय विनय कुमार सिंहमाथि मरहा खोलामा गोली प्रहार गरिएको थियो । सिंहलाई गोली प्रहार गरेको आरोपमा पक्राउ परेका कापर र कंठ अपराधि पृष्ठभुमीको रहेको प्रहरीले जनाएको छ ।

कापर १० वर्ष र कंठ ३० महिना सजय भोगका अपराधि रहेको जिल्ला प्रहरी कार्यालय महोतरीका प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिए । उनीहरुबीच जेलमा बस्दा एकापसमा चिनजान भएको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।

प्रहरी नायव उपरीक्षक जैसवारका अनुसार अपराधमा प्रयोग भएको हतियार र मोटरसाइकल समेत बरामद भएको छ । पक्राउ परेका दुबै जनालाई हातहतियार तथा खरखजना, चोरी डाका, ज्यान मार्ने उद्योग र संगठित अपराध गरि चार मुद्दा दर्ता गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोतरीका प्रहरी उपरीक्षक नकुल पोखरेलले बताए ।

शशीशंकर र आशिषसहित लुटपाटका विभिन्न अपराधिक घटनामा संलग्न यसै गिरोहका अन्य ३ जनालाई पनि प्रहरीले सार्वजनिक गरेको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today