महोत्तरीको मटिहानि नगरपालिका ६ जरलहवा गाछिमा आगलागी पीडितहरुलाई राहत सामाग्रीहरु वितरण गरिएको छ ।
बैशाख १२ गते मटिहानी नगरपालिका वडा नं. ६ स्थित जरलहवा गाछीमा आगलगीले क्षतिग्रस्त भएका पिडितहरुलाई सोमबार एनएमबि बैंक लिमिटेड, महोत्तरी शाखा द्वारा ५० घरधुरीलाई राहत सामाग्रीहरु वितरण गरिएको हो ।
प्रत्येक घरधुरीलाई चाबल १० किलो, दाल २ किलो, झुल १ पिस, तसलि १ पिस ,कराहि १ पिस, करछुल १ पिस,थाली १पिस , वाल्टिन १पिस, मग १पिस गरि जम्मा ५० घर धुरीलाई वितरण गरिएका हुन।
उक्त वितरण कार्यक्रममा मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मंडल ,वाडाँ अध्यक्ष कैयुम अंशारी एनएमबि बैंकका प्रदेश प्रमुख कमल पोखरेल, प्रदेश संचालन प्रबन्धक राज कुमार विश्वकर्मा, शाखा प्रबन्धक मृत्युन्जय कुमार झा लगायत अन्य कर्मचारी हरुको उपस्थित रहेका थिए ।


