Type Here to Get Search Results !

जनकपुर : कलेजका विधार्थीहरुले धान रोपेर मनाए धान दिवस

 

जनकपुरधाम- पढाई सँगै व्यवहारिक पक्षमा‌ जोड दिएको जनकपुरधामको जनकपुर कम्युनिटि कललेजले २१औं राष्ट्रिय धान दिवस मनाएको छ। 'जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ जनकपुरधाम -८ रमानन्द चौकमा रहेको जनकपुर कम्युनिटि कललेजले शिक्षक र विद्यार्थीहरुको सहभागीतामा कलेज परिसरभित्र नमुना खेत तयार पारी धान रोपेका छन् ।

उक्त कार्यमा सोहि कलेजका शिक्षक नासिर खान, राष्ट्रिय धान बाली कार्यक्रमका वरिष्ठ अधिकृत उमेश साह सहित कृषि संकायका विधार्थीहरुले सहभागीता जनाएका थिए। पढाई सँगै व्यवहारिक पक्षमा‌ जोड दिने उदेश्यले हामी सधैं जसो अभ्यासमा‌ व्यस्त हुन्छौं , जनकपुर कम्युनिटि कललेज कृषि संकायमा अध्यनरत शुभम् झाले बताउनुभयो। उनका अनुसार 'अध्ययन क्रममा नमुना खेत तयार पारेर धान दिवस मनाएर पढाई पश्चाताप प्राविधिक र जैविक खेतीमा‌ जोड दिई जलवायु मैत्रिपूर्ण कृषि बनाउने लक्ष्य रहेको कुरा बताउनुभयो।

धान रोपाइँपश्चात कार्यक्रममा सहभागीहरूलाई दही चिउरा र आँप समेत खुवाएका थिए । असार १५ गतेलाई नेपाली समाजमा दही चिउरा खाने दिनका रुपमा पनि लिइन्छ। खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि दही चिउरा खाई असार १५ मनाउँछन्। कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खाने गरेको मान्यता छ। यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने आम विश्वास गरिन्छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today