Type Here to Get Search Results !

मटिहानी नगरपालिका : छोरीको उमेर पुगेपछि विवाह गर्ने ४९ जना अभिभावक सम्मानित

 

महोत्तरी - महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाले बालविवाह न्यूनीकरण कार्यक्रम अन्तर्गत २० वर्ष उमेर पूरा गरी छोरीलाई विवाह गरेका अभिभावकहरुलाई सम्मान गरेको छ ।

त्यसै क्रममा आज एक कार्यक्रम बीच मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डल र प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले २० वर्ष उमेर पूरा गरी छोरीलाई विवाह गरेका ४९ जना अभिभावकहरुलाई दोसल्ला र सम्मान-पत्र प्रदान गरी सम्मान गर्नुभयो ।

बालविवाहलाई निरुत्साहित गर्ने उद्देश्यले वडाले सिफारिस गरेका अभिभावकलाई सम्मान गरिएको कुरा महिला, बालवालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख दीपा दासले बताउनु भयो ।कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख हरि प्रसाद मण्डलले समाजमा विद्यमान बालविवाहलाई निरुत्साहित गर्नु पर्ने बताउनु भयो ।पालिकाले २०८३ साल सम्म पालिकालाई बालबिबाह मुक्त नगरपालिका बनाउने लक्ष्य लिएको कुरा नगर प्रमुख मण्डलले बताउनु भयो ।

यस अघि पालिकाले बालविवाहलाई निरुत्साहित गर्न बिभिन्न जनचेतना मूलक कार्यक्रम गर्दै आई रहेका छन ।प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बालविवाह सामाजिक अपराध हो, बालविवाह सामाजिक कुरीति रहेकोले अन्त्य गर्नु पर्ने भन्नु भयो ।

कार्यक्रममा नेपाल प्रहरी उपरीक्षक (SP) नकुल पोखरेल, सशस्त्र प्रहरी उपरीक्षक (SP) बिनोद के.सी., राष्ट्रिय अनुसन्धान कार्यालय महोत्तरीका प्रमुख सुदिप अधिकारी,मटिहानी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्मा,वडा अध्यक्षहरु नाजिर मिया, कलीम अंसारी, जितनारायन माझी, मिश्री नायक,रितेश साह, कार्यपालिका सदस्य राम पदारथ साह,ने.क.पा.,शाखा प्रमुखहरु, माओबादीका उमाशंकर साह, अभिभावकहरु, बिद्यार्थी छात्र-छात्राहरु लगायतका ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today