Type Here to Get Search Results !

मधेस प्रदेशका नव नियुक्त १० मन्त्रि र तीन राज्यमन्त्रीले लिए पद तथा गोपनियताकाे सपथ

 

जनकपुरधाम - मधेश प्रदेशको ६ दलीय सरकारका मुख्यमन्त्री सतिशकुमार सिँहले दस मन्त्री र तीन राज्यमन्त्री सहित १४ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् ।

नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूले शुक्रबार जनकपुरधाम स्थित मधेश भवनको कभर्ड हलमा आयोजित सपथ ग्रहण समारोहमा मुख्यमन्त्री लगत्तै शपथग्रहण गरेका छन् ।

नवनियुक्त मन्त्रीहरूलाई मुख्यमन्त्रीको उपस्थितिमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले र नवनियुक्त राज्यमन्त्रीहरूलाई मुख्यमन्त्री सिँहले शपथ गराएका छन्।

नव नियुक्त मन्त्रीहरुमा एमालेका तर्फबाट पार्टी संसदीय दलका नेता सरोजकुमार यादवले भौतिक पूर्वाधार विकास, नेकपा माओवादी केन्द्रको संसदीय दलका नेता भरतप्रसाद साहले अर्थ, नेकपा(एकीकृत समाजवादी) को संसदीय दलका नेता गोविन्दबहादुर न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको शपथ लिएका छन् ।

त्यस्तै नेकपा माओवादी केन्द्रको संसदीय दलका नेता युवराज भट्टराईले उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री, नेकपा एमालेका प्रदशसभा सदस्यहरू राजकुमार लेखीले शिक्षा तथा सँस्कृति मन्त्री र शत्रुधनप्रसाद सिँहले स्वास्थ्य तथा जनसँख्या मन्त्रीको शपथ लिएका छन् ।

यसैगरी नेकपा(एकीकृत समाजवादी) की प्रदेशसभा सदस्य बेची लुंगेलीले ऊर्जा, सिँचाइ तथा खानेपानी र नेकपा एमालेका प्रदेशसभा सदस्य प्रमोदकुमार जायसवालले खेलकुद तथा समाज कल्याण मन्त्रालय, संघीय समाजवादी पार्टीकी विमला अन्सारीले गृह, सञ्चार तथा कानुन मन्त्री र नागरिक उन्मुक्ति पार्टीकी उर्मिला चौधरीले श्रम तथा यातायात मन्त्रीको शपथ लिएका छन् ।

त्यसैगरी एमालेका केशव राई स्वास्थ्य तथा जनसँख्या राज्यमन्त्री, नेकपा एमालेकै शारदादेवी थापा शिक्षा तथा सँस्कृति राज्यमन्त्री र जनमत पार्टीका रञ्जुकुमारी मण्डल खङ्ग विना विभागिय मन्त्री रहेका छन् ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today