Type Here to Get Search Results !

क्याम्पस प्रमुख कुशवाहाको गोली हानी हत्या प्रकरण : अनुसन्धानका लागि दुईजना पक्राउ

 


बारामा क्याम्पस प्रमुखमाथि गोली प्रहार गरेको आशंकामा अनुसन्धानका लागि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण कुशवाहाको शुक्रबार गोली प्रहारबाट मृत्यु भएको छ । सोही घटनामा संलग्न रहेको आशंकामा अनुसन्धानका लागि दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।उनीहरूको पहिचान भने प्रहरीले खुलाएको छैन । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार आदर्शकोतवाल गाउँपालिका–३ बतरा भन्ने स्थानमा अज्ञात व्यक्तिले कुशवाहामाथि गोली प्रहार गरी भागेका थिए ।कुशवाहाको पिठ्युँमा गोली लागेको थियो । प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today